भकुण्डेबेँसीस्थित मेथिनकोट प्रादेशिक अस्पताललाई कोरियाली सहयोग

काभ्रे । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीस्थित मेथिनकोट प्रादेशिक अस्पताललाई कोरियाली संस्थाबाट प्राप्त मेडिकल सामग्री हस्तान्तरण गरिएको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन (कान)ले अस्पताललाई अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कोइकाका कन्ट्री डाइरेक्टर सङ हुन–को र कोइका अलुम्नाइका अध्यक्ष विनोद बिडारीले संयुक्तरूपमा काभ्रेपलाञ्चोकको नमोबुद्ध–४ का वडाध्यक्ष एवं मेथिनकोट अस्पतालका अध्यक्ष उद्धवप्रसाद काफ्लेलाई मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको थियो । अस्पताललाई पेसेन्ट मोनिटर दुई, अक्सिजन कन्सनट्रेटर दुई, कार्डियोग्राफी सिटिजी मेसिन एक, बिआइपी–एपी मेसिन एक, पल्स अक्सिमिटर पाँच, डिजिटल बिपी मेसिन छ, इमर्जेन्सी शय्या तीन, अक्सिजन रेगुलेटर पाँच, इमर्जेन्सी मेडिकल कार्ट एक र इमर्जेन्सी शय्या म्याट्रेस तीन थान सहयोग गरिएको हो ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले सामान्य अवस्थामा शुरु भएको मेथिनकोट अस्पताललाई प्रादेशिक अस्पताल बनाइएको तर आवश्यक पूर्वाधार, जनशक्ति र मेडिकल सामग्री अभावका कारण प्रभावकारी सेवा प्रदान गर्न समस्या परेको बताउँदै अस्पताललाई आवश्यक मेडिकल सामग्री प्रदान गरेकोमा कोइका र कोइका अलुम्नाइ एशोसिएशनलाई धन्यवाद दिए ।

सो अवसरमा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ–सीकले मेथिनकोट प्रादेशिक अस्पतालले कोभिड–१९ को महामारीको समयमा पु¥याएको योगदानबारे प्रशंसा गर्दै अस्तपाललाई थप आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “पुनः कोभिडको सामना गर्नुपरेको छ, विगतझैँ अस्पतालले सेवा दिइरहोस्, थप आवश्यक सहयोग गर्नेछु ।”

वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले अस्पतालका लागि प्रदेश सरकारले सहकार्य गर्ने जिम्मेवारी लिएको बताउँदै १५ शय्याको अस्पताललाई ५० शय्याको बनाउने निर्णय प्रदेश सरकारले गरेको र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताए ।

कोइका अलुम्नाइका अध्यक्ष बिडारीले एशोसिएशन स्थापनाको २० वर्षमा पहिलोपटक ठूलो मात्रामा सामग्री सहयोग गरिएको बताए । उनले भने, “हामीले २० वर्षमा नगरेको काम मेथिनकोट अस्पतालमा गर्न पाएकामा खुशी छौँ, अस्पताललाई थप सुविधासम्पन्न बनाउन राजदूत सुकसँग थप सहयोग माग्नेछौँ ।” विसं २०६६ देखि सञ्चालनमा आएको उक्त अस्पताललाई रु १९ लाख बराबरको मेडिकल सामग्री हस्तान्तरण गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार