नारायणी अस्पतालमा थप १० श्ययाको आइसियु र १७ वटा आइसोलेशन वार्ड तयार

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा सघन उपचार कक्ष (आइसियु) र आइसोलेशन वार्ड तयार पारिएको छ ।

पछिल्लो एक सातादेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उनीहरुको उपचारका लागि अस्पतालको आकास्मिक कक्ष भवनमा थप १० श्ययाको आइसियु र १७ श्ययाको आइसोलेशन वार्ड तयार परिएको हो ।

सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरुलाई राख्न भेन्टिलेटरसहित उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण सहितको १० श्यया आइसियु र सामान्य रोगी भएका सङ्क्रमितलाई राख्न १७ श्ययाको आइसोलेशन वार्ड तयार पारिएको नारायणी अस्पतालका स्टोर इन्चार्ज सुशील यादवले जानकारी दिए । उनले वीरगञ्जको गण्डक अस्पताल र वीरगञ्ज हेल्थ केयर अस्पतालमा सङ्क्रमित राखी उपचार गर्ने क्रममा खरीद गरिएका उपकरण लगायतका अन्य सामग्रीलाई नै प्रयोग गरी अहिले आइसियु र आइसोलेशन वार्र्ड तयार पारिएको बताए । तयार पारिएको आइसियु तथा आइसोलेशन वार्डलाई सके आजैदेखि नभए भोलिदेखि सङ्क्रमित राख्ने काममा प्रयोग गरिने स्टोर इन्चार्ज यादवले जानकारी दिए ।

नारायणी अस्पतालको आकास्मिक कक्ष सँगैको केठामा हाल चार सङ्क्रमित र १० शङ्कास्पद बिरामी राखिएको अस्पतालले जनाएको छ । आइसोलेशन तथा आइसियु वार्डका लागि छुट्टै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । गएको एक साताभित्र नारायणी अस्पतालको प्रयोगशालामा २४७ जनाको नमूना परीक्षण गर्दा ९५ जनामा कोरोना भाइरस सङ्क्रमण फेला परेका छन् । फेला परेकामध्ये ६८ जना पर्साका र बाँकी २७ बारा, रौतहट, सर्लाही र मकवानपुरका रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा सोरजरोशन दासले जानकारी दिए ।

बितेको एक सातामा सबैभन्दा बढी चैत २९ गते ६० को नमूना परीक्षण गर्दा २८ सङ्क्रमित भेटिएको डा दासले बताउनुभयो । भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३० सम्म रहेको चिकित्सकले जनाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार