दन्त शिविरबाट २०० लाभान्वित

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ छत्रेबाँझस्थित दाप्चा स्वास्थ्यचौकीमा नेपाल भूतपूर्व सैनिक सङ्घ काभ्र्रेपलाञ्चोकले ‘दन्त शिविर’ आयोजना गरेपछि त्यहाँका २०० स्थानीय बान्सिदाले गाउँमा नै सेवा पाएका छन् । लायन्स क्लब अफ काठमाडौँ कञ्चनजङ्घा र समाज डेण्टल अस्पलतालको प्राविधिक सहयोगमा शुक्रबारदेखि दुईदिन आयोजना गरिएको शिविर शनिबार सम्पन्न भएको हो ।

शनिबार ९० जनाले सेवा लिएको आयोजकले जनाएको छ । संस्थाका अध्यक्ष इन्द्रबहादुर दाहालका अनुसार शिविरमा डा अङ्कित ज्ञवाली, डा विवश राई, डा रविना शाक्यसहितको आठ सदस्यीय मेडिकल टिमले सेवा दिएको थियो । पहिलो दिन शुक्रबार ११० जनाले सेवा लिएको उनले बताए । नेपाली सेनाका पूर्वसहायक रथी डा प्रेमसिंह बस्न्यातले कार्यक्रममा गाउँमा रहेका बासिन्दाको सेवाका लागि आयोजना गरिएको कार्यक्रम प्रशंसायोग्य रहेको बताए ।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दाँतको समस्या झेलिरहेका गाउँलेका लागि शिविर आयोजना गरेर ठूलो सहयोग पुर्याएको बताए । समस्या भएका दाँत निकाल्ने, भर्ने, सफा गर्नेलगायतका सेवा दिइएको शिविरमा सेवा लिनेहरुलाई दाँत माझ्ने मञ्जनसमेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष दाहालले बताए । सो कार्यसँगै सङ्घले आर्थिक सहयोग जुटाएर नेपाली कांग्रेस जिल्ला कार्यालयमा करिब रु १७ लाखको लागतमा महामानव विपी कोइरालाको अर्धकदको शालिक निर्माण गर्ने भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार