‘तत्काल विद्यालय बन्दको कुनै योजना छैन’

काठमाडौं । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कडाई गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ जना भन्दा बढि भेला हुन आम नागरिकलाई आग्रह गरेको छ भने विद्यालयहरुमा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न भनिएको छ ।

पछिल्लो पटक युवा र बालबालिकामा समेत कोरोना भाईरसको सङ्क्रमण देखिएकाले विद्यालय सबैभन्दा जोखिम क्षेत्र रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । यस्तोमा तत्काल विद्यालय बन्द गर्न पनि कतिपले सुझाब दिएका छन् ।

तर सरकारले भने तत्काल विद्यालय बन्दको कुनै योजना नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विद्यालय बन्द गर्ने बारे कु।नै निर्णय नभएको जानकारी दिए । बरु विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा कुनै पनि छुट नहुने उनको भनाई छ ।

भारतमा समेत कोरोना सङ्क्रमण दर उच्च बिन्दुमा पुगेकाले नेपालमा पनि त्यसको असर देखिन थालेको छ । भारतका विभिन्न राज्यमा विद्यालयहरु बन्द गरिएका छन् भने आंशिक लकडाउन गर्न थालिएको छ ।

नेपालमा भने हाल त्यस्तो अवस्था नरहेकाले तत्काल विद्यालय बन्द गर्ने र लकडाउन गर्ने सोंच नरहेको प्रवक्ता डा. गौतमको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार