समलिंगी–तेस्रोलिंगीबीच कसरी यौन सम्बन्ध हुन्छ ?

एजेन्सी । समलिंगी–तेस्रोलिंगीबीच कसरी यौन सम्बन्ध हुन्छ ? धेरैलाई चासोको विषय हुन सक्छ । पुरुष र महिलाबीच मात्र शारीरिक संसर्ग हुने बुझाइ राख्नेहरूलाई पुरुष–पुरुष वा महिला–महिलाबीच पनि यौन सन्तुष्टि लिने प्रक्रिया चल्छ भन्ने सुन्दा नौलो लाग्नु स्वाभाविक पनि हो ।

म तेस्रोलिंगी–समलिंगी अधिकारको आन्दोलनमा होमिएकी मान्छे । हाम्रो समुदायको यौनशैली कस्तो हुन्छ भनेर जानकारी दिनुलाई अन्यथा मान्दिनँ । किनकी, हरेक मानिसलाई यौन शिक्षाको आवश्यकता छ ।

यौन संसर्गका बेला हामी मुख मैथुन, गुदा मैथुन, हस्तमैथुन जस्ता प्रक्रिया अपनाउँछौँ । समलिंगी सम्बन्धका हकमा समान यौनांग भएका साथीबीच सहवास गरिन्छ । त्यस क्रममा एक जनाले केटाको, अर्काले केटीको भूमिका निर्वाह गरिरहेका हुन्छन् । परम्परागत यौनमा लिंग योनीमा प्रवेश गराउने र स्खलित हुने चलन छ । धेरैले सहवासका क्रममा यही अभ्यास गर्छन् । तर, हामी तेस्रो लिंगी र समलिंगीको यौन साथीसँग समान अंग हुने भएकाले मुखमैथुन र गुदद्वारमैथुनकै बढी अभ्यास गर्छौ ।

समलिंगीका हकमा मुखमैथुन भन्नाले स्त्री–साथीले अर्की स्त्री–साथीको मुखमा आफ्नो स्तन, यौनांग आदि घर्षण गराउँदै यौनरस स्खलित गराउँछिन् । पुरुष–साथीले अर्को पुरुष–साथीको मुखमा आफ्नो लिंग प्रवेश गराउँदै घर्षणबाट सन्तुष्टि लिन्छन् । मुख वा हातले खेलाएर वीर्य स्खलित गराउँछन् ।

तेस्रोलिंगी महिलाको हकमा धेरैजसोले गुदद्वारलाई स्त्री–यौनांग कल्पना गर्दै लिंग प्रवेश गराउँछन् । जसलाई ‘एनल सेक्स’ भनिन्छ । अहिले त कतिपय पुरुषहरू स्त्रीसित पनि एनल सेक्स गर्छन् । एनल सेक्समा स्वास्थ्यको निकै ख्याल गर्नुपर्ने हुन्छ । किनकी हाम्रो मलद्वारका तन्तु निकै संवेदनशील हुन्छन् ।

मलद्वारमा सेक्स गर्दा या केही चिज घुसाउँदा कोषिका फाट्ने जोखिम हुन्छ । त्यसले इन्फेक्सन हुन सक्छ । मलद्वारमा दिसा रोक्न सक्ने क्षमताका कोषिका हुन्छन् । इन्फेक्सन भए तिनले काम गर्न छाडेर दिसा लागिरहने समस्या आउन सक्छ । तिघ्राको कापको त्यो भागमा धेरै ब्याक्टेरिया ९कीटाणु० हुन्छन् । एनल सेक्स गर्दा पार्टनरलाई पनि संक्रमणको आशंका रहिरहन्छ ।

सलाइबा अर्थात् यौनरस र मलका स–साना अंशमा पनि हेपाटाइटिस ‘बी’का कीटाणु हुन सक्छन् ।
मलद्वार चाट्दा मलका कणमा रहेका हेपाटाइटिस ‘ए’ कीटाणु संक्रमणको खतरा पनि हुन सक्छ । त्यसै गरी हर्पिस सिम्पल्याक्स भाइरस चाहिँ मलद्वारमा घाउ भएमा हुन सक्छ । असुरक्षित एनल सेक्सबाट सिफलिस, एचआईभी, एचपीबी, जेनाइटल वार्ट, गोनोरिया, क्लमाइडिया, हिमोफिल्स ड्रयुस्री, सल्मोनेला, सिगेला आदि संक्रमणको जोखिम रहन्छ ।

यस्ता संक्रमणबाट बच्न एनल सेक्सअघि मलद्वार सफा गर्नुपर्छ । लुब्रिकेन्ट प्रयोग गर्नुपर्छ । एनल सेक्समा पनि कन्डोम प्रयोग गर्न जरुरी छ । रगत आए या पीडा भए चिकित्सकको सल्लाह लिनुपर्छ । हाम्रा साथीहरूमा सुरक्षित एनल सेक्सको चेतना बढ्दै गएकाले समस्या कम हुँदै गएका छन् । तैपनि, जोशमा होस भने राख्नैपर्छ ।

अहिले बजारमा थरी–थरी सेक्स टोयज आएका छन् । धेरै मानिस यिनैबाट सन्तुष्टि लिन्छन् । कतिपयले एक्लै हुँदा त कतिले युगल, सामूहिक सहवासमा पनि सेक्स टोयज प्रयोग गर्छन् । हामी भावनात्मक स्पर्शमा रमाउँछौँ । अरूलाई कस्तो–कस्तो लाग्दो हो, हामीलाई यही सहवास पूर्ण र सन्तुष्टिदायक लाग्छ । हामी ध्यान र समर्पणभावले सहवासमा सहभागी हुन्छौँ ।

धेरैले सोच्छन्– समानलिंगीबीच यौन सम्बन्ध कसरी सम्भव छ रु खासमा मन मिल्ने, भावना मिल्ने दुई व्यक्तिबीचको यौन क्रियामा शरीर एकअर्कामा स्पर्श गराउँदा मात्र पनि सन्तुष्टि हुन्छ । समलिंगी यौन सम्बन्ध बढी भावनात्मक हुन्छ । आफूले रोजेको या मन मिलेको साथीबीच स्पर्श, एकअर्काका गोप्य अंगको हस्तमैथुन जस्ता क्रियाकलाप गरिन्छ ।

समलिंगी महिला पुरुषप्रति आकर्षित हुँदैनन् । यस्तो स्वभाव उनीहरूमा प्राकृतिक रूपमै विकास भएको हुन्छ । तर, समाजको अबुझपनले गर्दा उनीहरूले अपराधीजसरी सामाजिक, पारिवारिक असुरक्षा महसुुस गरिरहनुपरेको छ । समलिंगी स्वभाव भएकालाई अझै पनि जबर्जस्ती पुरुषसँग विवाह गरी बालबच्चा जन्माउन बाध्य पारिन्छ ।

समलिंगी महिलाको जीवन विपरीतलिंगीको भन्दा पृथक् छ। महिला–महिलाबीच आकर्षण बढ्नु कसैलाई नौलो लाग्ला तर यो अप्राकृतिक होइन । धेरै अनुसन्धानले यो तथ्य प्रमाणित गरिसकेका छन् । मान्छेले स्वयं शारीरिक स्वभाव परिवर्तन गर्न सक्दैन । महिला समलिंगीलाई पुरुषसँग यौन–गतिविधिमा संलग्न गराए ऊ विपरीतलिंगी हुन्छे भन्ने भ्रम छ समाजमा । वास्तवमा यसो गर्दा उनीहरूलाई मर्नु परेजत्तिकै कष्ट हुन्छ ।

हाम्रो समाजमा समलिंगी या तेस्रोलिंगी भन्नासाथ वेश्यावृत्ति, छलछाम, चोरी र विभिन्न अपराध गर्ने मानिस सोचिन्छ जुन गलत हो । बहुमतमा रहेका विपरीत लिंगीभित्रै पनि त्यस्तो सोच–व्यवहार भएका मान्छे छैनन् र रु सबै नस्ल–समुदायमा सबै प्रकारका मानिस हुन्छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमाथि मात्र दोष थोपारिनु न्यायसंगत हुन्छ र रु एक–दुई व्यक्तिको व्यवहारलाई इंगित गरेर समग्र समूह वा समुदायबारे एउटै दृष्टिकोण बनाउनु गलत हो ।

यौन सम्बन्ध विपरीतलिंगी मात्र नभई भावना मिल्ने दुई व्यक्तिबीच पनि हुन्छ र हुनुपर्छ भन्ने हामीलाई लाग्छ । यौनबाहेक भावनात्मक सम्बन्ध मात्र राख्ने मान्छे पनि छन् । केटीबीचको यौन सम्बन्धले बच्चा दिन त सक्दैन तर हामी आफैँमा भने पूर्ण सन्तुष्ट हुन्छौँ । समलिंगी पुरुष वा महिला जो जे भए पनि शारीरिक रूपमा सन्तान जन्माउन सक्षम त हुन्छन् । तर, मानसिक रूपमा न महिला समलिंगी पुरुषसँग यौन सम्बन्ध राख्न रुचाउँछन्, न त पुरुष समलिंगी महिलासँग ।

समाज, परिवारले यस्तो सम्बन्धलाई अझै नस्विकारेकोमा हामी दुःखी छौँ । जन्मजात स्वभावअनुसार बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो । जब समलिंगी, तेस्रोलिंगी विवाहलाई कानुनी मान्यता दिइन्छ तब मात्र हामीले कमाएको र पुख्र्यौली सम्पत्तिमा अधिकार स्थापित गर्न सक्छौँ, धर्मसन्तान राख्न पाउँछौँ वा कृत्रिम गर्भधारण गर्न सक्छौँ । अनि, मात्र वैधानिक परिवार निर्माण गरी सुरक्षापूर्वक जिउन सहज हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार