काठमाडौँ । अभिनेता कुमार मोक्तानले हिटले पेट नपाल्ने बताएका छन । उज्यालो नेटवर्कको बिशेष कार्यक्रम सिनेमा गफमा उनले हिट या भाईरल हुँदैमा पेट नपाल्ने बताएका हुन ।
फरक प्रसंगमा कुरा गर्दै उनले भने, “हिट या भाईरल भन्ने शब्द मान्छेमा मौलायो,जती धेरै भिडियो खेल्यो उती धेरै हिट भन्ने सबैको दिमागमा भयो । हिटले पेट पाल्दैन न नि । आज जती जनाले मलाई चिन्दै छन उती नै मलाई सबैले हर चिजमा च्याप्दै हुन्छ,हर चिजमा मैले केअर गर्नु पर्ने हुन्छ ।”
भिडियो
उनले कलाकारीता मात्रै गरेर नहुने तर्क गरे । कलाकार दु:खमा अरुलाई साथ दिने खालको हुन समेत अपिल गरे ।
त्यसैगरी हाँस्य कलाकार गोकुल तामाङले कलाकारितामा लागेर आफुलाई मैं हुँँ भन्ने फील नआएको बताए । उनले भने “तामाङमा मै हुँ, म जस्तो अरु कलाकार कोही छैन भन्ने फील कहिलेनी भएन । फेसबूकमा जे पायो त्यही लेख्ने मान्छेले हेप्ने काम कहिलेनी गरिन । ”
उज्यालो नेटवर्कको कार्यलयमा (दाँयाबाट क्रमश) अभिनेता कुमार मोक्तान,हाँस्य कलाकार गोकुल तामाङ र पत्रकार विवेक लोप्चन ।