काठमाडौँ । अग्रज साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई अभिनन्दन गरिएको छ ।
साहित्यिक पत्रकारिताका साथै साहित्य क्षेत्रमा उहाँले पु¥याउनु भएको योगदानको स्मरण गर्दै ८४ वर्ष प्रवेशको अवसरमा उनलाई आइतबार काठमाडौंमा अभिनन्दन गरिएको हो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उनलाई दोसल्ला ओढाएर सम्मान गर्दै कालजयी र दीर्घजीवीको शुभकामना व्यक्त गरे । नगेन्द्रराज शर्मा अभिनन्दन समारोह समितिको आयोजनामा भएको उक्त कार्यक्रममा उनलाई झण्डै ५० भन्दा बढी सङ्घसंस्थाले अभिनन्दनपत्रका साथ सम्मान गरेको थियो । विसं २०२७ देखि उनी अभिव्यक्ति साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका छन । साहित्यकार शर्माले भव्य समारोहबीच अभिनन्दन गरेकामा सबैलाई धन्यवाद दिँदै विभिन्न आरोह अवरोहबीच आफूले पत्रिकालाई निरन्तरता दिँदै आएको बताए ।
समारोहमा स्रष्टा श्रीओम श्रेष्ठले साहित्यिक पत्रकार सङ्घ, नेपाल स्रष्टा समाज, गोरखापत्र संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत दर्जनौँ संस्थामा रहेर उनले नेपाली समाजलाई महत्वपूर्ण योगदान पु¥याएको जानकारी दिए । त्यस्तै ‘नगेन्द्रराज शर्मा’ समय ग्रन्थ र ‘यायाबर पुस्तक’समेत विमोचन गरिएको थियो । शर्माका विभिन्न चारवटा साहित्यक कृति प्रकाशित छन् ।






