चलचित्र‘प्रेमगन्ज’मा तेज र बेनिशा

उज्यालो प्रतिनिधि २० चैत्र २०७७, शुक्रबार कला/साहित्य

काठमाडौँ । चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको नयाँ चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्यक लाकार छनौट भएका छन् ।यस अघि अडिसन मार्फत केही कलाकारहरु छनौट भएका थिए ।

चलचित्रमा नायक तेजगिरी र नायिकामा बेनिशा हमाल छनौट भएको बताईएको छ । मुक्तिनाथ विकास बैंकका जागिर तेजले यही फिल्मबाट मुख्य अभिनेतामा डेब्यु गर्न लागेका हुन् । बेनिशा विगत १ दशक देखि नेपाली चलचित्र जगतमा कार्य गर्दै आएकी कलाकार हुन । उनले ‘ब्लाइन्ड रक्स’बाट राष्ट्रिय पुरस्कार जितेकी थिइन् ।

यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकार दिए । सेन विगत १५ बर्ष देखि नेपाली चलचित्रजगतमा सक्रिय रुपमा कार्य गर्दै आएका निर्देशक हुन । उनको निर्देशनमा बनेका यस अघिका चलचित्रले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय अर्वाडहरु हासिल गर्न सफल भएका छन् ।

यसअघि नै चलचित्रका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का र आयुषी ढकाललाई अडिसनबाट छानिसकेका छन् । यस चलचित्रमा अन्यकलाकार शिशिर राणा, रश्मी भट्ट, पबनभट्टराई, सन्जोग रसाइलीलगाएतको अभिनय रहने छ भने सञ्जय लामाले छायांकन गर्ने भएका छन् ।
बिगत २५ बर्ष देखि नेपाली चलचित्रजगतमा स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुयाँलनिर्माता रहेकायो चलचित्रकाकार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ रहेका छन् । यो चलचित्र अब छिट्टै छायांकनमा जाने वताईएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार