हात्तीपाइले रोगविरुद्धको चक्की खुवाउने

उज्यालो प्रतिनिधि १५ चैत्र २०७७, आईतवार १ नं. प्रदेश

काठमाडौँ । प्रदेश नं १ का तीन जिल्लामा यही चैत २० गतेदेखि खुवाइने हात्तीपाइले चक्कीको सम्पूर्ण तयारी पूरा भएको छ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी भएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

जनस्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले यस जिल्लामा एक लाख २२ हजार मानिसलाई हात्तीपाइले चक्की तथा जुकाको औषधि खुवाउन ४०० केन्द्रमा ३४२ स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए । उनले केही महिनाअघि धनकुटाको डाँडा बजार र लेकुवामा ३०० जनाको परीक्षण गर्दा दुई जनामा मात्र हात्तीपाइलेको जीवाणु देखिएको जानकारी दिँदै यसपटक यो औषधि खुवाइसकेपछि दुई वर्ष धनकुटामा हात्तीपाइलेविरुद्धको चक्की खुवाउनु नपर्ने बताए ।

स्वास्थ्य कार्यालय मोरङका अनुसार यस जिल्लामा नौ लाख २४ हजार ५६२ जनालाई ७८९ केन्द्रबाट औषधि खुवाउन पाँच हजार स्वास्थ्यकर्मी परिचालन हुने भनिएको छ । यस्तै झापामा छ लाख २७ हजार मानिसलाई हात्तीपाइले चक्की खुवाउन स्वास्थ्य केन्द्र र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको कार्यालय प्रमुख ईश्वरी पौडेलले जानकारी दिए ।

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान–२०७७ को विषयमा आज प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, जिल्ला प्रहरी उपरीक्षक सन्तोकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहता, राजनीतिक दलकमा प्रतिनिधिसँगको छलफलमा हात्तीपाइलेविरुद्धको अभियानलाई सफल बनाउन सबैले आ–आफ्ना तहबाट सहयोग गर्नु पर्ने निर्णय भएको छ । औषधि नखानेकै कारण छवौँ पटकमा सिद्धिने अभियान नवौँ पटकमा पुगेको जिल्ला समन्वय समितिका संयोजक नरेशकुमार पोखरेलले जानकारी दिए । उनले भने, “यसपटक कोही पनि छुट्नु हुँदैन, यसका लागि जिल्ला सबै सयन्त्र परिचालन गरिने छ ।”

स्वास्थ्य कार्यालयका प्रमुख डा सुरेश मेहताले लामुखट्टेको टोकाइबाट मानिसको शरीरमा उत्पन्न हुने तीन प्रजातिका मसिनो धागो जस्तै परजीवीको आयु २० वर्ष रहने र यसैको कारणले मानिसलाई हात्तीपाइले रोग लाग्ने जानकारी दिए । शरीरका हात, खुट्टा एवं जनेन्द्रीयमा देखिने यो रोग तराईका जिल्लामा १३ प्रतिशत देखिएको अनुसन्धानले देखाएको छ ।

दुई वर्षदेखि पाँच वर्षकाले एक चक्की, छदेखि १४ वर्षकाले दुई चक्की तथा १५ वर्ष माथिकाले तीन चक्कीसहित जुकाको एक चक्की खानु पर्ने र यो रोगको सङ्क्रमण भएकाले औषधि खाँदा सामान्य वाकवाकी लाग्ने, टाउको दुख्ने र रिङ्गटा लाग्ने लक्षण देखिने प्रमुख मेहताले जानकारी दिए । देशका ६३ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेको अनुसन्धानबाट देखाइएको छ । शरीरको कुनै पनि भागमा मासु जस्तो डल्लो देखिनु, हाइड्रोसिल हुनु, गलगाँड हुनु, खातखुट्टा सुन्निएर हात्तीको खुट्टा जस्तो देखिनु नै हात्तीपाइले रोगको लक्षण मानिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार