काठमाडौँ । चर्चित संगीतकार एंव एरेन्जर सुदिप सागरको संगीत संयोजनमा तयार पारीएको ‘फुल्यो गुराँस’ बोलको गीत बजारमा आएको छ ।
म्युजिक भिडियोलाई पानस फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
युटुबमा उक्त गीतको म्युजिक भिडियोलाई यो समाचार तयार पार्दासम्म २६३,९६१ भ्युज पाइसकेको छ । ।
वान डि.वी एच.डी. स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा राजु परियार , लक्ष्मी खड्का , अर्जुन सापकोटा , कमला घिमिरे , राजकुमार बानियाँ र अप्सरा ओलीको स्वर रहेको छ ।
नेत्र अर्यालको शब्द , राजकुमार बानियाँको लय रहेको गीतमा सुदिप सागरको संगीत संयोजन, बिमल छिनालकोको रेकर्डिङ , एच.बी.एन. किस्मतको ध्वनि सम्पादन रहेको छ ।
म्युजिक भिडियोलाई निसान बानियाँले निर्देशन गरेका छन् । यस्तै गीतमा कोरियोग्राफर प्रकाश खड्का , सम्पादन तथा कलर शिब पौडेलले गरेका छन् भने गीतमा बिक्रम नेपाली र रेश्मा सुवेदीको मुख्य अभिनय देख्न सकिन्छ ।






