मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे अघि

तनहुँ । म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरा छाङमा कालिकामोइ आमा समूह भवनको शिलान्यास गरिएको छ । भवनको गण्डकी प्रदेश सरकार सामाजिक विकासमन्त्री नरदेवी पुन तथा म्याग्देका अध्यक्ष मायादेवी रानाले संयुक्त रूपमा शिलान्यास गरे । रु११ लाखको लागतमा बन्ने समूहको भवन आगामी असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सो अवसरमा मन्त्री पुनले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत स्थानीय तहले माग गरेअनुसार तालीम दिने गरे पनि सिकेको सीप व्यवहारमा लागु गरेको नपाइएको जनाउँदै मातृशिशु मृत्युदर घटाउने अभियानमा म्याग्दे एक कदम अघि भएकामा खुशी व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पृथ्वी राजमार्ग क्षेत्रमा रहेर पनि विकासका काममा पछि परेका अवस्थामा आफूले स्थानीय तह सम्हालेसँगै विकासका कार्य धेरै अघि बढेको जिकिर गरे । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले भूकम्पले भत्काएको खानेपानीका मुहान, बाटोघाटो, पुललगायत भौतिक क्षति भएकामा पुनःनिर्माण गर्न गाउँपालिकाको मात्र रकमले नपुग्ने हुँदा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार