काउकुती लाग्छ ? यस्तो छ कारण

एजेन्सी । काउकुती कसैलाई धेरै लाग्छ कसैलाई कम । कहिलेकहीँ नछोएर र इसारामा पनि काउकुती लागेको अनुभव हुन्छ । विशेष काउकुती छालामा सम्बन्धित हो भन्दा फरक पर्दैन । छालाको बाहिरी भागलाई ‘एपिडर्मिस’ भनिन्छ । जुन नसासँग जोडिएको हुन्छ ।

जब यसलाई छोएमा वा चलाएमा दिमागको दुई क्षेत्रमा जोडिन्छ । एकले छोएको कुरा थाहा पाउँछ भने अर्कोले आनन्दमयी चिजमा ध्यान दिन्छ । काउकुती सबैभन्दा बढी खुट्टाको पैताला र पेट काउकुती लाग्ने गर्छ । यो ठाउँ मासु र बोसोले भरिएको हुन्छ । हड्डी कम हुन्छ । तर, आफैले लगाउन खोजेमा लाग्दैन । काउकुती भनेको सरप्राइज जस्तै हुन् । तर, हामी आफैले काउकुती लगाउँदा सरप्राइज हुँदैन । यसकार हामीलाई काउकुती पनि लाग्दैन र हाँसो पनि लाग्दैन ।

युनिभर्सिटी अफ म्यारील्याण्डका स्नायुवैज्ञानिक रोबर्ट प्रोभाइनले काउकुती विज्ञानको एउटा निकै फराकिलो र गहिरो विषय हो भनेका छन् । युनिभर्सिटीले बाडुली लाग्नु, हाइ काढ्नु तथा वायु जानु जस्ता व्यवहारको शोधमा प्रोभाइनले समय खर्चिएका छन् । तर तीमध्ये काउकुती किन अझ विशेष भएको उनले बताएका छन् ।

प्रोभाइनले भनेका छन्, ‘यो शरीरको रक्षा वा स्नायुप्रणालीमात्र होइन आफू र अरूबारेको होस् वा चेतसँग पनि जोडिएको छ ।’ अन्य जटिल व्यवहार जस्तै काउकुतीबारे थप जान्न अरू पशुहरूले देखाउने व्यवहारले सघाउ पुर्‍याउँछ ।

अनुसन्धानले काउकुती २ प्रकारको हुन्छ भनी पुष्टि गरेका छन् ।

नीस्मेसिस काउकुती

नीस्मेसिस काउकुती शुरुवाती प्रतिक्रिया हो । छालामा हल्का स्पर्शले निम्त्याउने मन नपर्ने खालको अनुभूति हो । यो धेरैमा लागू हुन्छ । माउसुली, किरा तथा लगभग समग्र जीवमा यस्तो अनुभूति हुन्छ । जुन शरीरको छालाको एउटा रक्षात्मक प्रतिक्रियासँग जोडिन्छ प्रोभाइनले भनेका छन् । जीवजन्तुले आफ्नो शरीरलाई किराको टोकाइ वा अन्य परजीवीबाट जोगाउन यस्तो प्रतिक्रिया देखाउँछन् । जीउ कन्याउने वा कान छिटोछिटो हल्लाउने व्यवहार नीस्मेसिस हो ।

गार्गालेसिस काउकुती

गार्गालेसिस काउकुतीचाहिँ केवल स्तनधारी प्राणीमा मात्र पाइन्छ। यो अलि बेस्सरी गरिन्छ र यसले हाँसो निम्त्याउँछ। स्तनधारी प्राणीमाझ यो एक रमाइलो खेलका रूपमा पनि रहेको छ।

आधारभूत रूपमा काउकुतीको अनुभूति स्पर्श तथा पीडा थाहा पाउने स्नायुसँग जोडिन्छ। तर यो भन्दा थप अन्य विषय पनि छ। ‘काउकुतीका कारण उत्पन्न हुने हाँसो स्वचालित प्रतिक्रियाभन्दा पनि एक सामाजिक व्यवहार मान्नु उपयुक्त हुन्छ’ छाला विशेषज्ञ ‘स्यामुएल टि सेल्डन’ले सन् २००४ मा काउकुतीबारेको एक समीक्षामा लेखेका छन्। प्राणीको क्रमिक विकासका दौरान कुनै समय यो हाँसो उठाउने व्यवहारमा परिणत भयो।

‘हाँसोका निम्ति काउकुती एक मौलिक उत्तेजक हा’ प्रोभाइन भन्छन् । काउकुतीका बारे यसबारे युकेकी ‘युनिभर्सिटी अफ पोर्ट्समथ’की मनोवैज्ञानिक ‘मरिना डाभिला रस’ सहमत छिन् । उनले चिम्पान्जीका हाँसोबारे अनुसन्धान गरेकी छन् ।

चिडियाखानाका सञ्चालकहरू तथा आमाहरूलाई उनले क्रमशः चिम्पान्जीका बच्चा तथा मानव शिशुलाई काउकुती लगाउँदै दुई प्राणीबीच रहेको हाँसोको अध्ययन गरेकी छन् । ‘यसमा क्रमिक विकास सिद्धान्त अन्तर्गत रहेका सम्बन्धहरूबारे आनुवंशिक विशेषज्ञले आनुवंशिक आँकडा प्रयोग गरेजस्तै हामीले हाँसोका अकुस्टिक आँकडा प्रयोग गरेका छौँ’ उनले भनिन् ।

खासमा विज्ञानको नाममा मुसालाई काउकुती लगाउने कार्य दुई दशकदेखि जारी छ । यसको सुरुवात सन् २०१० मा प्रकाशित मनोविज्ञान तथा जीवशास्त्र विज्ञ जोक प्यांकसेप तथा उनका विद्यार्थी ‘जेफ्रे बर्गडर्फ’को विवादास्पद शोधले गर्‍यो ।

खेलिरहेका मुसाले मानिसले नसुन्ने फ्रिक्वेन्सीमा निकाल्ने तीव्र फ्रिक्वेन्सीका आवाज पत्ता लगाएसँगै प्यांकसेपले त्यो कतै मानिसहरूले खेल्दा निकाल्ने आवाजसँग सम्बन्धित छ कि भनेर अनुसन्धान गरे । सुरुमा हाँस्ने मुसाबारे वैज्ञानिक समुदाय उत्साही थिएनन् । तर त्यसपछि मुसा प्रजातिमा काउकुतीबारे थुप्रै अध्ययन भए ।

ती अध्ययनले काउकुती मुसामा पनि मस्तिष्कको त्यही स्थानमा उत्तेजना ल्याउँछ जसले मानवजातिमा खुसी र रमाइलो उत्पन्न गराउँछ भन्ने देखाएका छन् । मुसामा काउकुतीको प्रतिक्रियाबारे अध्ययन गरिरहेकी ‘युनिभर्सिटी अफ बर्न स्वीटजरल्याण्ड’की ‘लुसा मेलोट्टि’ले भनिन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार