कपिलबस्तु । कपिलबस्तुको मायादेवी गाँउपालिकामा आगामि चैत्र २० गते देखि हातिपाइले रोग बिरुद्दको औषधि खुवाईने अभियान चलाईने भएको छ ।
गतबर्ष झैं यस वर्ष पनि स्वास्थ्यकर्मिहरुले पालिकाका प्रत्येक घर घरमा गई औषधि खुवाउने कार्यक्रम तय भएको छ । मायादेवी गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमवार गाउपालिका भवनमा आयोजित राष्ट्रिय हात्तिपाईले रोग निवारण संबन्धि बहुनिकाय अन्र्तक्रिया कार्यक्रममा उक्त जानकारी गराईएको हो ।
कार्यक्रममा हरनामपुर स्वास्थ्य चौकीका डाक्टर शतिस गुप्ताले हात्तिपाईले रोगको संक्रमण र यसबाट बच्ने उपायको बारे जानकारी गराएको थियो । अन्तरकृया कार्याक्रममा मायादेवी गाँउपालिका स्वास्थ्य शाखाको प्रमुख महेन्द्र यादवले यो सरूवा रोग भएकाले सचेत रहन आग्रह गर्दै, कयुलेक्स जातको पोथी संक्रमित लामखुट्टेले मानिसलाई टोके पछि यो रोग लाग्ने बताए । हाती पाइलेको औषधि खादा कुनै असर नपर्ने भएकाले ढुक्क भएर खान सबैलाइ मायादेवी गाँउपालिकाले आग्रह गरेको छ ।






