प्रदेश नं १ का सबै जिल्लामा जनगणना कार्यालय स्थापना

उज्यालो प्रतिनिधि ४ चैत्र २०७७, बुधबार १ नं. प्रदेश

काठमाडौँ । प्रदेश नं १ का १४ वटै जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेका छन् । ‘मेरो गणना मेरो सहभागिता’ नारा दिइएको राष्ट्रिय जनगणना–२०७८ १२ औँ जनगणना हो । विसं २०६८ बाट शुरु भएको राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या मात्र नभएर सबै सूचाङ्कको अभिलेख हुने र यसबाट राष्ट्रिय नीति निर्माण गर्न सरकारलाई सहज हुने भनिएको छ ।

देशभरमा ८७ जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ भने मोरङमा दुई स्थान बेलबारी र विराटनगरमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको प्रदेश तथ्याङ्क कार्यालयका प्रमुख तीर्थराज बरालले जानकारी दिए । उनले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा आज बसेको जिल्ला जनगणना समिति समितिको बैठकले जनगणनाका निम्ति केन्द्रले तय गरेको हो ।

बैठकले कार्यक्रमको प्रचारप्रसार गर्ने निर्णय गर्नाका साथै आगामी वैशाख १६ देखि २२ गतेसम्म जनगणना सुपरीवेक्षकको तालीम गरी वैशाख २६ देखि जेठ १४ गतेसम्म सूचीकरणको काम गर्ने र आगामी जेठ २५ देखि असार ८ गतेसम्म गणकले घरघरमा गएर गणना गर्ने निर्णय गरिएको प्रमुख बरालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी निरौलाले जनगणनाका लागि आवश्यक पर्ने सबै किसिमको सुरक्षाको तयारी भइसकेको बताए । मोरङमा १५० सुपरीवेक्षक र ५९० गणक नियुक्त गरिएको प्रमुख बरालले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार