काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहकले शुक्रबार काठमाडौंमा वृहत् विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।
विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत नेकपाले आज काठमाण्डौमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो ।
सरकारले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते मध्यावधि चुनावको मिति तोकेको छ । उक्त निर्वाचन घोषणा असंवैधानिक भन्दै नेकपा विभाजित भएको मात्र छैन । बुद्धिजीवी, संचरकर्मी, नागरकि अगुवा लगायतकाहरुको पनि विरोध छ ।
उपत्यकामा कुन प्रदेशको कहाँ कहाँ ?
१) १ नम्बर प्रदेश : जडिबुटि, कोटेश्वर, टिनकुने, सिनामंगल, गौशालाला, चाबहिल र सुकेधारा, बौद्द, जोरपाटी सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा २० वटा)
२) २ नम्बर प्रदेश : कुपोन्डोल, पुलचोक, जावलाखेल, एकान्तकुना सम्म ब्यानर सहितको बेलुन उडाउने । ( कम्तिमा १५ वटा)
३) बागमती प्रदेशः सामाखुसी, बसुन्धारा, महाराजगन्ज, लाजिम्पाट, लैनचौर, सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रत्नपार्क, बागबाजर, गडिल्लीबजार, नक्साल, बालुवाटार सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा २० वटा)
४) गण्डकी प्रदेश : कलंकी, सितापाइला, स्वयम्भू, बनस्थाली, बालाजु, बसपार्क, गोंगबुचोक सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा १५ वटा)
५) लुम्बिनी प्रदेश : बानेश्वर चोक सहित पानी ट्यान्की, बबहरमहल, माइतीघर, थापाथली, सिहंदरवार, अनामनगर सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा २० वटा)
६) कर्णाली प्रदेश : सुन्धारा, जमल, बसन्तपुर , कालिमाटी, त्रिपुरेश्वर सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा १५ वटा)
७) सुदुरपश्चिम प्रदेश : बल्खु, एकान्तकुना, सातदोबाटो बालकुमारी, सम्म ब्यानर सहितको बेलुन उडाउने । (कम्तिमा १५ वटा)
(काठमाडौं, ललितपुर, भक्तपुरले आफै छुट्टै गर्नेछन्)






