डि बि संघर्ष, रोल्पा । सरकारबाट प्रतिबन्धित विप्लवका जिल्लास्तरिय नेतासहित कार्यकर्ताहरु प्रचण्ड–नेपाल समूहमा प्रवेश गरेका छन् । विप्लव समूहका नेता रत्न बहादुर महरा लगायतका नेताहरु जिल्लाको सुलिचौर बजारमा आयोजित वृहत विरोध कार्यक्रमबाट पार्टी प्रवेशको घोषणा गरेका हुन् ।
उनीहरुलाई पूर्वसभामुख कुष्ण बहादुर महरा, पूर्व ऊर्जामन्त्री वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्ती लगायतले पार्टीमा स्वागत गरेका थिए । केपी शर्मा ओलीले गरेका असंवैधानिक कदमको विरोधमा रोल्पामा बिहीबार विरोध कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रममा नेता पुनले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी ओलीको दबाब, प्रलोभन र धम्कीमा नपर्ने विश्वास व्यक्त गरेका छन् ।








