ओलीलाई भीम रावलको प्रश्न : तस्करलाई वनमन्त्री बनाएर के गर्न खोजेको ?

उज्यालो प्रतिनिधि ८ माघ २०७७, बिहीबार समाचार

कञ्चनपुर । नेकपा प्रचण्ड नेपाल पक्षका नेता भीम रावलले वनमन्त्री नै तस्कर भए वनको हालत के हुने भन्ने चिन्ता वन संरक्षणकर्मीलाई भएको बताए ।

बिहीबार पार्टीको कञ्चनपुर जिल्लाको विस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेटघाटमा उनले वनमन्त्री प्रेम आलेप्रति कटाक्ष गर्दैभने, ‘वन मन्त्री आउदा तस्कर आयो भन्दै निकै चर्चा हुने गरेको छ,’ उनले प्रधानमन्त्रीलाई सोधे, ‘यस्ता तस्करलाई वनमन्त्री बनाएर प्रधानमन्त्री ओलीले के गर्न खोजेका हुन् ?’

सुदूरपश्चिमलाई चार चार वटा मन्त्री बनाउनु पार्टी फुटको अस्त्र प्रयोग गर्न भएको उनले बताए । प्रधानमन्त्री ओलीको दम्भ र अहङ्काबाट संसद भंग गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीमा शक्ति र पदको उन्माद चढ्दा कोरोना कहरका बेला खोपका लागि ५० अर्ब चाहिने समयमा भएको संसद भंग गरेर ताजा जनादेशमा जान्छु, भनेर प्रधानमन्त्रीले झुटको खेती गरिरहेको उनको भनाइ थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार