रसुवाका निर्माण व्यवसायी तामाङद्वारा जन्मदिनको खर्च कटाएर पीडितलाई आर्थिक सहयोग

उज्यालो प्रतिनिधि ८ माघ २०७७, बिहीबार समाचार

रसुवा । दिनहुँजस्तो हिजोआज सामाजिक सञ्जालमा ‘ह्याप्पी बर्थडे’ भनेर विभिन्न पोष्टहरु देखिन्छन् । अधिकांशले साथिभाई तथा परिवासँग जमघटसहित बर्थडे मनाउने चलन नेपालमा लगभग विकास भइसकेको छ । यसैबीच कोही यस्ता पात्र हुन्छन् । जो आफ्नो जन्मदिनमा हुने खर्च कटौती गर्दै पीडितहरुलाई सहयोग गर्छन् ।

उनी हुन्, रसुवा जिल्लाका निर्माण व्यवसायी तथा समाजसेवी छेसिङ्गी तामाङ । उनको आज जन्मदिन थियो । उनले यो दिन हुने खर्चको केही रकम कटौती गरेर पीडितलासहयोग गरेका छन् । उनले आफ्नो खर्च कटौति गरी बिहीबार ४२ हजार २ सय रुपैयाँ सहयोग गरेका हुन् ।

रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेकी सरु पौडेललाई २१ हजार १ सय र गत्लाङका आगलागी पीडितलाई २१ हजार १ सय रुपैयाँ प्रदान गरेका हुन् । उनले ग्राण्डी अस्पतालमा उपचाररत पौडेललाई त्यही पुगेर चेक प्रदान गरेका थिए । सुत्केरी हुने समयमा एक्कासी ब्लड प्रेसर बढ्न जाँदा पौडेलको दुवै मृगौला खराबी हुन पुगेको थियो । सुरुमा जीवजीवे ग्रामीण अस्पतालमा उपचार गरिएको भएपनि त्रिशूली अस्पताल, ग्रिनसिटी अस्पताल, टिचिङ हुँदै ग्रान्डी अस्पतालमा पु¥याइएको थियो । अहिले उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी गत्लाङका आगलागी पीडितलाई आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ मार्फत आर्थिक सहयोग गरेका हुन् । गत पुस १४ गते रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङमा आगलागी हुँदा २ वटा घर जलेर नष्ट भएको थियो ।

आगोलागीले गत्लाङका युङडुङ तामाङ र बमबहादुर तामाङको घर जलेर नष्ट भएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार