सिमकोट गाउँपालिकाले जडान गर्यो नवजात शिशु न्यानो राख्ने मेसिन

दाने बोहरा,हुम्ला । हुम्लाका सातवटा गाउँपालिका मध्ये सिमकोट गाउँपालिकाले पहिलो पटक चारवटा बर्थिङ्ग सेन्टरमा Baby Radiant Warmer जडान गरेको छ । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले चारवटा बर्थिङ सेन्टरमा नवजात शिशुलाई सिताङ हुनबाट बचाउन, न्यानो राख्न, कम जन्म तौल बच्चाको अन्य जटिलता हुनबाट बचाउनुका साथै नवजात शिशुको मृत्युदर कर्म गर्नका लागी यो मेसिन जडान गरीएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दान बहादुर बोहराले जानकारी दिए ।

यसबाट सिमकोट गाउँपालिकामा नवजात शिशुमा हुने जलिता समधान गर्न महत्वपूर्ण सहयोग पुग्ने भएको संयोजक बोहराले बताए । वडा दुई ठेहे र वडा तीन बरगाउँमा रहेको बर्थिङ सेन्टरमा नवजात शिशुलाई न्यानो राख्ने मेसिन Baby Radiant Warmer जडान गरीएको छ भने वडा सात डाडाफया र वडा आठ स्याडामा अबको एकदुईदिनमा जडान गरीने भएको छ ।

Baby Radiant Warmer एक मेसिनको साढे दुई लाख मुल्य पर्न गएको बोहराले जानकारी दिए । यो मेसिन जिल्ला अस्पताल हुम्लामा पहिलो पटक जडान गरीएको छ भने अन्य गाउँपालिकामा जडान नभएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार