काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च र निर्वाचन आयोगबाट संविधान र कानुन अनुसार फैसला हुनुपर्ने बताएका छन् । र, सोही अनुसार फैसला गर्न आग्रह गरेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामसम्बन्धी विवादको पेशी १४ गतेलाई तोकिएको सूचना आएको भन्दै उनले भने, ‘सर्वोच्च अदालत होस् वा निर्वाचन आयोग, संविधानकानून अनुसार फैसला होस् । कुनै षड्यन्त्रलाई सफल हुन नदिइयोस् ।






