काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजधानी काठमाडौंमा दिनहुँ प्रदर्शन गर्ने भएको छ ।
सरकारले गरेको संसद विघटनपछि बसेको जारी केन्द्रीय समिति बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव केन्द्रीय सदस्यहरुले पारित गरेका छन् ।
जसअन्तर्गत काठमाडौं जिल्ला कमिटि र जनवर्गीय संगठनहरुले काठमाडौंमा दिनहुँ प्रदर्शन जारी राख्नेछन् ।






