कर्णालीमा पन्ध्र सयले गरे सशुल्क कोरोना परीक्षण

उज्यालो प्रतिनिधि २० कार्तिक २०७७, बिहीबार कर्णाली प्रदेश

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क रु। दुई हजार तिरेर एक हजार ५३२ जनाले पिसिआर परीक्षण गरेको पाइएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा एक हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले सशुल्क पिसिआर परीक्षण गरेका छन् । सशुल्क परीक्षण गरेपनि अस्पतालहरुले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन् । प्रदेश अस्पतालका कोरोना स्रोत व्यक्ति डा नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट टे«सिङमा परेकाहरुको निःशुल्क परीक्षण गरिरहेको बताउनुभयो । लक्षण नदेखिएका एवं परीक्षण गरेर आफै ढुक्क हुन चाहनेहरुले शुल्क तिर्ने गरेको उनको भनाइ छ ।

कर्णालीमा प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी सामुदायिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पिसिआर परीक्षण हुँदै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार