सिँचाइका लागि बनाइएको पोखरी ५ वर्षदेखि सुख्खा, किसानमा निरासा

उज्यालो प्रतिनिधि ८ कार्तिक २०७७, शनिबार समाचार

काठमाडौं। सिँचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती गर्न समस्या भएको स्थानीय शेर कैनीले बताए ।

पोखरी निर्माण गर्दा खुशी भएका यहाँका किसानले आकाशे पानीका भरमै खेतीपाती गर्ने गरेका छन् । बर्खे खेती गर्ने समयमा वर्षा हुने गरे पनि हिउँदे खेतीका लागि निकै समस्या हुने गरेको कैनीको भनाइ छ । सिँचाइ कार्यालय डडेल्धुराको ३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको पोखरी स्थानीयको विवादका कारण सञ्चालनमा आउन नसकेको स्थानीय गगन भण्डारीले बताए ।

उनले भने, ‘यस क्षेत्रका करीब १० गाउँमा सिँचाइ गर्ने योजनाअनुसार निर्माण शुभारम्भ भएको थियो तर पोखरा बजार क्षेत्र शेराखेतका वासिन्दाको विरोधका कारण योजनाले पूर्णता नपाएको हो ।’

पोखरी निर्माण गरिए पनि मुहानबाट पाइप विस्तार हुन नसक्दा पानी पुर्‍याउन नसकिएको स्थानीय दत्तराज जैसीले बताए । पोखरीमा पानी राख्न सके यहाँका भट्गाउँ, ऐरीगाउँ, भन्तनगाउँ, ओखरमुनि गाउँको हजारौं रोपनी जमीनमा सिंचाइ गरी खेतीपाती लगाउन सकिने जैसीको भनाइ छ ।

उनले भने, ‘पोखरा बजारबासीले पाइप लाइन विस्तार गर्न नदिँदा सिंचाइ गर्न समस्या भएको छ ।’

सिँचाइ सुविधा नहुँदा यहाँका बासिन्दाले खेतमा हिँउदे बाली लगाउन छाडेका छन् । ‘वर्षामा ढिलोचाँडो पानी पर्छ, धान राम्रै फल्छ तर हिँउदमा आकाशे पानीको भर हुँदैन,’ स्थानीय मान भण्डारीले भने, ‘सिँचाइ अभावका कारण विगतमा हिँउदे बालीबाट जोताइ, मल र बीउकै खर्च उठाउन नसकेपछि धानबाली मात्रै लगाउने गरेका छौं ।’

किसानको सयौं हेक्टर जमिन सिँचाइ अभावकै कारण वर्षमा ७ महिना बाँझो हुन्छ । ३ बाली उब्जनी हुने जमिनमा सिँचाइ नहुँदा धानबाली मात्रै लगाउने गरिएको भण्डारीले बताए ।रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार