एसपी अधिकारिको तस्कर माथी एक्सन : १६ लाख ४८ हजार मूल्य बराबरको सामान नियन्त्रण

रबिन्द्र यादव २२ आश्विन २०७७, बिहीबार समाचार

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल २६ नं गण सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले जिल्लामा आए देखि सीमा नाका तर्फ कडा निगरानी बढाएका छ्न ।

भारत बाट नेपाल तर्फ विभिन्न किसिमका समान अबैध तरिकाले ल्याएको र तस्करहरुको ग्रुप सक्रिय रहेको सूचना पाउने बितिकै एसपी अधिकारीले अहोरात्र आफै फिल्डमा खटीएको बुझिएको पाइन्छ । एसपी अधिकारीले जिल्ला मातहत रहेको बिओपी युनिट इन्चार्जहरुलाई समेत तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन गरेका छ्न। एसपी अधिकारी कै निर्देशनमा एक पिकअप प्याज लोड गरेको मालसहित १६ लाख ४८ हजार ५ सय मूल्य बारबरको अबैध मालसमान नियन्त्रण गरेका छ्न ।

रातको समयमा विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम बाट खटिएको मोबाईल टोलीले जिल्ला पश्चिम नवलपरासी सरावल गा.पा.-६ रामपुर खडौना स्थित बेवारिसे अवस्थामा रहेको प्रदेश ३-०१-०२२ च ३२०७ नं. को YODHA पिकअप गाडीमा लोड गरेको २७ क्वीन्टल प्याज बरामद गरी उक्त पिकअप गाडी सहितको सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी एव सूचना अधिकारी रोशन घिमिरेले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार