चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

उज्यालो प्रतिनिधि २८ भाद्र २०७७, आईतवार समाचार

ताप्लेजुङ । चन्द समूहका जिल्ला सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका–४ तापेथोक छिरुवाबाट शनिबार पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी स्रोतले बताएको छ ।

जिल्लाभरिनै अप्रेसन अभियान चलाएको प्रहरीले त्यो क्रम जारी रहेको पनि जनाएको छ । यसअघि ताप्लेजुङ इञ्चार्ज सकल भनिने सागर लिम्बू, ताप्लेजुङ घरभएका पाँचथर इञ्चार्ज तथा मेचीब्युरो सदस्य राजु दास ताप्लेजुङ सेक्रेटरी नगरपति पौडेल, जन स्वयंसेवक संयोजक तारा थापा, जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्तिमोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोसी संयोजक गणेश कार्की ‘डोली’लाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु झापाको दमकबाट पक्राउ परेका थिए । उनीहरुले चन्द समूह छोडेको प्रेस विज्ञप्ति प्रकाशित गरिसकेका छन् । अहिले उनीहरु झापा अदालतमा मुद्दा खेपिरहेका छन् भने सत्तारुढ नेकपाले पार्टी प्रवेश गराएको छ ।

त्यसपछि सेक्रेटरीको जिम्मेवारी पाएका किशोर भने ताप्लेजुङबाटै पक्राउ परेका हुन् । उनलाई आइतबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले बताएको छ । पहिला केही सक्रिय रहेको चन्द समूहले अहिले आफ्ना कार्यकर्ता पक्राउलगायतको जानकारी गराउन छोडेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार