मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही

उज्यालो प्रतिनिधि २७ भाद्र २०७७, शनिबार समाचार

काठमाडौँ । औषधि व्यवस्था विभागले मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारबाही गरेको छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो ।

काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ तथा भक्तपुरका नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

विभागले बजारमा बिक्रीवितरणमा रहेका विभिन्न उद्योगका ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा ती उद्योगले मापदण्डविपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने रसायन प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएको हो । मापदण्डविपरीत उत्पादन गरिएका ती स्यानिटाइजर प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत आग्रह पनि गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार