कुलमानको नियुक्तिमा प्रधानमन्त्रीको अल्पविराम !

विवेक लोप्चन २२ भाद्र २०७७, सोमबार समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिमा अल्पविराम लगाइदिएका छन् ।

प्राधिकरणमा कुलमानलाई पुनर्नियुक्ति दिन चर्को दबाब परिरहेको बेला ओलीले अल्पविराम लगाइदिएका हुन् । यद्यपी कुलमानको नियुक्तिका लागि ओली सकारात्मक नै छन् ।

प्राप्त सुचना अनुसार ओलीले कुलमानको नियुक्ति तत्कालका लागि रोकेका छन् । प्रधानमन्त्री सचिवालयका एकजना सदस्यका अनुसार ऊर्जामन्त्री वर्षमान पुनले कुलमानको नियुक्तिको फाइल मन्त्रिपरिषद् बैठकमा लैजान खोजेका थिए । तर, प्रधानमन्त्रीले तत्काल नल्याउन निर्देशन दिए ।

‘ऊर्जामन्त्रीज्युले प्रस्ताव ल्याउन चाहनुभएको थियो, तर प्रधानमन्त्रीज्युले तत्काल नल्याउन निर्देशन दिनुभयो’ ती सदस्यले भने, ‘कुलमानको नियुक्ति हुन्छ, मिति सकिन लाग्दाखेरि मात्रै निर्णय गरौँ भन्ने उहाँको मनसाय हो ।’

उनका अनुसार प्रधानमन्त्री अहिले पर्ख र हेरको रणनीतिमा छन् । र, प्रधानमन्त्रीले कुलमानको नियुक्तिमा अल्पविराम लगाएका छन् ।

ऊर्जामन्त्री वर्षमान पुनले भने सार्वजनिक रुपमै कुलमानको नियुक्ति हुने बताइसकेका छन् । यस विषयमा प्रधानमन्त्री र आफू सकारात्मक रहेको उनको प्रतिक्रिया छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार