काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिकाको क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले आत्महत्या गरेकी छन् ।
वडा न. ४ घर भई गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको लापरवाहीले यस्तो घटना भएको बताउँदै आक्रमण गरेका छन् ।
आफन्तले क्वारेन्टिन भवनलगाएत त्यहाँ खटिएका स्वास्थ्यकर्मी माथि ढुंगामुढा बर्साएका छन् ।
आक्रमण नरोकिएपछि इलाका प्रहरी बनेपा, सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको छ ।
आफन्तको आक्रमणबाट एक प्रहरी र दुई स्वास्थ्यकर्मी घाइते भएका छन् ।






