एम्बाप्पेको दायाँ खुट्टामा गम्भीर चोट

उज्यालो प्रतिनिधि ११ श्रावण २०७७, आईतवार खेल

काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका फ्रान्सका स्टार केलियन एम्बाप्पेको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ ।

फ्रेन्च कपको फाईनलमा सेन्ट एटिनेबिरुद्ध जीत निकाल्ने क्रममा शुक्रबार उनले खुट्टामा गम्भीर चोट लागेको हो ।

२१ वर्षीय एम्बाप्पेलाई पहिलो हाफमा सेन्ट एटिनेका डिफेन्डर लोईक पेरिनले खराब ट्याकल गरेका थिए । घाईते बनेका एम्बाप्पे रुदै मैदान छाडेका थिए ।

पीएसजीले एम्बाप्पेको चोटलाई ७२ घण्टा निगरानीमा राख्ने बताएको छ । क्लबले बिज्ञप्ती निकाल्दै एम्बाप्पेको चोट गम्भीर रहेको भन्दै उनलाई चिकित्सकको निगरानीमा केही घण्टा राखिने बताएको हो ।

पीएसजीले जुलाई ३१ म फ्रेन्च लिग कपको फाइनल र सिरि ए क्लब एटलान्टासंग अगष्ट १२ मा च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेल्नेछ ।

च्याम्पियन्स लिगको सेमिफाईनल अगष्ट १८ देखि १९ र फाईनल खेल अगष्ट २३ मा हुने तय छ । एम्बाप्पेले यस सिजन ३३ खेलमा २९ गोल गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार