नवलपरासी पश्चिममा झण्डै डेढ लाख बराबरको अबैध केराऊ बरामद

रबिन्द्र यादव ४ श्रावण २०७७, आईतवार समाचार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । जिल्लाको विभिन्न ठाउँबाट प्रहरीले १ लाख ४७ हजार ५ सय मुल्य बराबरको केराऊ (मटर) बरामद गरेको छ । हिजो (शनिबार) राती ११ बजेको समयमा नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ६ बोरा केराऊ प्रतापपुर गाउँपालिका ४ दरखासेबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहर कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान साढे ३ बजे प्रतापपुर गाउँपालिका ४ भैरवपुरबाट ५ बोरा, सोहि दिन ५ बजे प्रतापपुर ५ जगन्नाथबाट ७ बोरा, सोहि दिन बिहान १० बजेर २५ मिनेट जाँदा सरावल गाउँपालिका ७ बुलन्दपुरबाट १९ बोरा बरामद गरिएको बताइएको छ । उक्त बरामद गरिएको जम्मा ३७ बोरा (१४७५ केजी) केराऊ भारततर्फ साइकल र मोटरसाइकलमा लैजादै गर्दा प्रहरीलाई देखेपछि बोरा छाडेर भागेका थिए ।

उक्त केराऊ आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार