माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गयो

रबिन्द्र यादव २६ असार २०७७, शुक्रबार समाचार

नवलपरासी पश्चिम । जिल्लाको बर्दघाट नगरपालिकाका खहरे खोलामा माछा मार्न गएकामा खोलाले बगाएर दुई जना मृत्यु भएको छ । शुक्रवार दिउसो बर्दघाट नगरपालिका वडा नम्बर १५ का २० वर्षका सुधिर विक र सोही ठाउँ बस्ने १८ वर्षका प्रबिण विक खोलामा माछा मार्न जाँदा बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाका अनुसार घर नजिकैको बनकट्टी स्थित खहरे खोलामा माछा मार्न जाँदा बगेका डुबेका प्रविण विकलाई बचाउन जादा सुधिर बिकको समेत ज्यान गएको हो ।

उनिहरुसंगै गएका छिमेकी सोहन सुनारले आफ्ना दुबै साथी खोलामा बगेपछि गाउँमापुगि खबर गरेका थिए । दुबै जनाको शब निकालेर मुचुल्का उठाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र परासीको जिल्ला अस्पताल पठाउने तयारी भइरहेको लामाले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार