रुपन्देही । पार्टी नमान्नेलाइ नेता मान्दैनौ भन्दै रुपन्देहिमा युवाहरुले धर्ना दिएका छन । पार्टिका शिर्ष नेतालाई पाटीको सिदान्त र बिधिमा चल्न दबाब दिनका लागि नेकपाका युवा कार्यकर्ताले जिल्ला पाटी कार्यालय रुपन्देहीमा धर्ना दिएका हुन ।
एउटा व्यक्तिको कारण पार्टीको एकता संकटमा परेको भन्दै नेताहरु सच्चिनुपर्ने उनीहरुको माग छ ।
उनिहरुले पार्टीको संस्थागत निर्णय मान्न र आफ्ना कमजोरी सच्चाइ पार्टिलाई मझबुत बनाउन नेताहरुलाई खबरदारीसमेत गरेका छन् ।





