काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले भारतसँग दुस्मनी नचाहेको बताएका छन । शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यस्तो बताएका हुन् ।
” आज हामी संविधान संसोधनको यो घडीसम्म आईपुगेका छौ । यसको के अर्थ हैन भने र हुन हुँदैन भने हामी फेरी भारतसँग कुनै कुनै खालको दुस्मनी चाहेका छौ त भन्दा बिलकुल छैनौ । हामी भारतसँग फेरी पनि यो समस्याको शान्तिपूर्ण,कुटनितिक र राजनीतिक सांवादको माध्यमबाट समस्याको समाधान चाहन्छौ । ” उनले भने ।
“मलाई लाग्छ नेपाल सरकारले पनि र हामी कसैले पनि यो मुद्धालाई अनावश्यक प्रोभोकेशन गरेर समाधान नहुने दिशातिर लैजान चाहेका छैनौ । बरु यसलाई एकपटक र सधैंका निम्ती समाधान गर्ने उपायको खोजिमा छौ । “प्रचण्डले भने ।






