लण्डन । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड्-१९ ) का कारण बेलायतमा मृत्यु हुने नेपालीको सङ्ख्या ६३ पुगेको छ ।
लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसार मृत्यु हुने भूपू गोरखा सैनिकको सङ्ख्या ५२ र गैरसैनिकको सङ्ख्या ११ छ ।
गत सोमबार दूतावासले कोरोनाबाट निधन हुनेको सङ्ख्या ६० पुगेको बताएको थियो ।
Facebook Comments Box






