एजेन्सी । भारतमा बुधबार बिहानसम्ममा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ७४ हजार ८८० पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतभर तीन हजार ५२५ जना नयाँ संक्रमित भेटिएका छन् ।
कूल संक्रमितमध्ये २४ हजार ३८५ जना निको भएर घर फर्किएका वा डिस्चार्ज भएका छन् भने ४७ हजार ४८० जनाको उपचार भइरहेको छ ।
कोभिड–१९ बाट विगत २४ घण्टामा १२२ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको कूल संख्या दुई हजार ४१५ पुगेको छ ।






