सिक्किममा भारतीय र चिनियाँ सैनिकबीच झडप

उज्यालो प्रतिनिधि २८ बैशाख २०७७, आईतवार समाचार

उत्तर सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जानकारी दिएको छ ।

उक्त झडपमा दुबैतर्फका सैनिक घाइते भएको बताइन्छ । सेनाको स्रोतलाई उद्धृत गर्दै स्रोतले दुई देशका सैनिक यतिबेला निकै आक्रामक व्यवहार देखिएको बताएको छ । यद्यपि, पछि कुराकानीमार्फत् झगडा साम्य भएको बताइन्छ ।

मिडिया रिपोर्टका अनुसार उक्त घटना मुगुथांगको अघिल्तिर नाकु ला सेक्टरमा शनिबार भएको हो । यो इलाका ५ हजार मिटर उचाईमा छ । एक अधिकारीका अनुसार झगडमा ४ भारतीय र ७ चिनियाँ सैनिकलाई चोट लागेको छ । यो झडपमा दुई देशका करिब १५० सैनिक समावेश थिए ।

भारतीय सैनिकले सीमा विवादको विषयमा भारतीय र चिनियाँ सैनिकबीच अस्थाई र कुनै कुनै बेला झगडा हुँदै आएता पनि यसपटकको झगडा निकै लामो समयपछि भएको बताए । दुई देशका सेनाले यस्ता मुद्दालाई प्रोटोकलको आधारमा सुल्झाउने गरेको जानकारी दिए ।एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार