नेकपाको विवाद फेरि लम्बियो

उज्यालो प्रतिनिधि २५ बैशाख २०७७, बिहीबार समाचार

काठमाडौँ । पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ । नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो । तर यी चार दिनमा विषय समाधानतिर जानुको साटो झन् विवादोन्मुख भएको छ ।

सचिवालयको बुधबारको बैठकको सुरुमा भनाइ राखेका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अहिले कुनै एजेन्डा पनि नभएकाले स्थायी कमिटी बैठक बोलाइरहन आवश्यक नभएको बताएका थिए । जबकि बुधबार बिहानै दुई अध्यक्षबीच बैठकका एजेन्डा साँझ बस्ने सचिवालय बैठकले नै तय गर्ने सहमति भएसँगै बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने सूचना पठाइएको थियो । नेकपाको विधानअनुसार एक चौथाइ सदस्यले लिखित माग गरे १५ दिनभित्र बैठक बोलाउनुपर्ने प्रावधान छ । पार्टीका २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै अध्यक्षद्वयलाई पत्र पठाएको बिहीबार १५ दिन पुग्छ ।

बुधबार साँझ बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री ओलीले बिनाकारण पार्टी एकता नगरिएको भन्दै एकता कायम राख्न सबै पक्ष सोचविचार गरेर अघि बढ्नुपर्ने बताएका थिए । उनले अहिले मुलुक कोभिड–१९ को महामारीमा रुमल्लिरहेको र सरकारको नीति तथा कार्यक्रम ल्याउने बेला भएको उल्लेख गर्दै सबैको ध्यान त्यतातिर केन्द्रित गर्नुपर्ने बताए । तर शनिबार आफैंले बोलाउने निर्णय गरेको स्थायी कमिटी बैठकको भने औचित्य नरहेको उनको भनाइ थियो । ‘हामीले स्थायी कमिटी बैठकमा पेस गर्ने भनिएको राजनीतिक प्रतिवेदन पनि तयार भइसकेको छैन, बैठकमा के एजेन्डा लाने हो भन्ने पनि थाहा छैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘अहिले स्थायी कमिटी बैठक बस्नुको कुनै अर्थ छैन ।’ याे खबर कान्तिपुर दैनिकमा छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार