भोजपुर रेडजोन मा परेपछि उच्च सतर्कता अपनाइयो, सुरक्षामा झनै कडाइ

उज्यालो प्रतिनिधि २४ बैशाख २०७७, बुधबार १ नं. प्रदेश

भोजपुर । भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा झनै कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

जिल्लामा सङ्क्रमित मानिस भित्रन सक्ने खतरालाई मध्यनजर गर्दै यहाँका नौवटै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको हो । उत्तरी क्षेत्रबाट जिल्ला प्रवेश गर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका, पूर्वी क्षेत्रबाट प्रवेश गर्ने अरुण र पौवादुङमा गाउँपालिका, दक्षिणी क्षेत्रबाट प्रवेश गर्ने हतुवागढी र आमचोक गाउँपलिका र पश्चिमी क्षेत्रबाट प्रवेश गर्ने टेम्केमैयुङ गाउँपालिकामा रहेका सम्पूर्ण नाकामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको हो ।

त्यस्तै यसअघि जिल्ला प्रवेश गरी क्वारेन्टाइनमा बसेका मानिसमा पनि उच्च निगरानी बढाइएको छ । जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा रहेका मानिस बसेका क्वारेन्टाइनको स्थलगत अनुगमन गरेर उनीको अवस्थाका बारेमा समेत जानकारी लिँदै आएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए । प्रजिअ पुरीले भने, ‘भोजपुर कोराना खतराको सूचीमा परेसँगै यहाँ सुरक्षा संवेदनशीलालाई ध्यानमा राख्दै उच्च सतर्कता अनाइएको छ, जिल्ला प्रवेश गर्ने सबै स्थानीय तहका नाकामा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइएको छ ।’

हतुवागढी गाउँपालिका २६ वर्षीय युवकमा यही वैशाख ११ गते कारोना सङ्क्रमण पुष्टि भएसँगै अन्य क्षेत्रका क्वारेन्टाइनमा रहेका मानिसको पनि तीव्रगतिमा आरडिटी परीक्षण भइरहेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । जिल्लामा मङ्गलबारसम्म २८९ को आरडिटी परीक्षण गरिएको छ । कोरोना सङ्क्रमित युवाफेला परेकापछि उनको सम्पर्कमा रहेका परिवार तथा अन्य व्यक्ति गरी २४ जनाको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । जसमध्ये १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अन्य आठ जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ । जिल्लामा ५२१ क्वारेन्टाइन, १३ आइसोलेसन वार्ड निर्माण गरिएको छ भने जसमा ३२० क्वारेन्टाइनमा र २८६ होम क्वारेन्टाइनमा राखिएको छ । रासस

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार