बौद्धिक सम्पत्ति चोरि आरोपमा भारत र चीन सहित १० देश अमेरिकी निगरानीको सुचीमा

उज्यालो प्रतिनिधि २२ बैशाख २०७७, सोमबार प्रवास

वासिंटन । बौद्धिक सम्पत्तिको विषयलाई लिएर अमेरिका भारत, चीन सहित विभिन्ने देशसँग रुष्ट बनेको छ ।

डोनल्ड ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति मापनमा देखिएको कमजोरी सुधारका लागि एक सूची तयार पारेको छ । जहाँ भारतलाई उसले प्राथमिकता निगरानी सूचीमा राखिएको छ । भारत सहित १० देशको नाम उक्त सूचीमा छ । चीनको नाम पनि त्यहाँ उल्लेख छ ।

जहाँ लेखिएको छ, ‘यी देशमा बौद्धिक सम्पदा र तिनको परिवर्तनको कारण अमेरिकीहरुलाई न्यायोचित बजार पाउन नोक्सान भएको छ ।’ उक्त सुचीमा अर्जेन्टिना, अल्जेरिया, चिली, रुस इन्डोनेसिया, साउदी अरब, भेनेजुएला र युक्रेन छन् ।

क्यानडा, कुवेत र थाइल्याण्डको नाम भने उक्त सुचीबाट हटाइएको छ । अमेरिकाका अनुसार भारतमा अमेरिकी ब्यापारीहरुले ‘पेटेन्ट’ हासिल गर्न, कायम राख्न र लागु गर्न कठिन बनाइएको छ ।

यस्तो समस्या औषधि उद्योगहरुमा अत्याधिक छ । साथै भारतले औषधि निर्माण लाइसेन्स जारी गर्न पनि पारदर्शिता सिमित गरिदिएको अमेरिकाले जनाएको छ । औषधि वाहेक भारतमा कृषि रासायानिक उत्पादन प्रणालीमा पनि चुनौती थियो । यस्तै ब्यापार गोपनीयता चोरी, अनलाइन चोरी, ट्रेडमार्क रक्षामा बाधा, नक्कली सामानको निर्यात, उच्च मात्रामा विनिर्माण जस्ता अमेरिकी आरोप भारतमाथि छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार