कोरोनाभाइरस फैलिनुमा चीनमाथी पुनः अमेरिकाले लगायो दोष

उज्यालो प्रतिनिधि २२ बैशाख २०७७, सोमबार प्रवास

एजेन्सी । अमेरिकी विदेशमन्त्री माइक पोम्पियाले एक पटक पुनः कोरोनाभाइरस फैलिनुमा चीनमाथि निशाना साँधेका छन् ।

एबीसी न्यूजसँग कुराकानी गर्दै उनले भने, ‘त्यो देश (चीन) सँग महामारी रोक्नका लागि समय थियो । तर उसले यो जानकारी लुकाउन र मानिसहरुलाई भ्रमित पार्ने कोसिस गर्यो । अहिले हेर्नुहोस् त पूरा संसार नै यसको शिकार भएको छ ।’

ट्रम्प प्रशासनले पछिल्ला केही हप्तामा चीनमाथि व्यापक हमला गर्दै आएका छन् ।

बीबीसी संवाददाता बारबारा प्लेटका अनुसार ट्रम्प प्रशासनले अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि कोरोना महामारीको अन्त्य गर्न नयाँ ढङ्गले अघि बढ्ने तयारी गरिरहेको छ ।

जब विदेशमन्त्रीलाई ट्रम्पले भनेजस्तै के कोरोना भाइरस मानिसले जानीजानी बनाएको हो भन्ने प्रश्न साध्दा यसको जवाफमा उनले भने, ‘म यो थ्योरीमाथि अविश्वास गर्दिनँ । थुप्रै उत्कृष्ट विशेषज्ञले पनि यो मानिसले नै बनाएको भन्नेमा विश्वास गर्छन् ।’

तर गत हप्ता अमेरिकाको गुप्तचर विभागले यो भाइरस मानिसले बनाएको होइन भन्ने कुरामा वैज्ञानिकहरु सहमत छन् भन्ने जानकारी दिएको थियो ।

जब विदेशमन्त्रीलाई यसबारे पनि सोधियो तब उनले आफ्नो कुरा फेर्दै भने, ‘मसँग गुप्तचर विभागका अधिकारीको आँकलनमाथि शंका गर्ने कुरा कारण छैन ।’

माइक पोम्पियोले थपे, ‘यो भाइरस जानीजानी छोडिएको थियो वा यो गल्तीपूर्वक भयो भन्ने बारे म उत्तर दिन सक्दिनँ किनभने चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले विदेशको स्वास्थ्य विशेषज्ञको सहयोग अस्विकार गरेको थियो ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार