उत्तर र दक्षिण कोरियाली सीमामा गोलीबारी

उज्यालो प्रतिनिधि २१ बैशाख २०७७, आईतवार प्रवास

एजेन्सी । उत्तर र दक्षिण कोरियाली सीमामा आइतबार बिहान गोलीबारी भयो । यससँगै दुई देशबीच तनाव बढेको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार उत्तर कोरियाले गोलीबारीको सुरुवात गरेपछि दक्षिण कोरियाले पनि जवाफी फायरिङ गरेको हो ।

तीन वर्ष अघि पनि उत्तर कोरियाले यस्तै प्रकारको गोलीबारी गरेको थियो । त्यतिबेला पनि दुई देशबीच थुप्रै दिनसम्म तनाव चलेको थियो ।

क्षतीको खबर छैनः

मिडिया रिपोर्ट अनुसार गोलीबारीमा दुबै तर्फ कुनै पनि क्षती भएको छैन । उत्तर कोरियाले दक्षिण कोरियाको चियोरवान शहरलाई निशाना बनाउने कोसिस गर्यो । यो शहर सीमाभन्दा निकै नजिक छ । त्यसको केही मिनेट पछि नै दक्षिण कोरियाले जवाफी कारवाही गर्यो ।

दुई देशबीच कुराकानीः

घटनापछि दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफले बयान जारी गर्दै भन्यो, ‘हामी इन्टर कोरियन कम्युनिकेशनमार्फत् कुराकानी गरिरहेका छौं । यसमार्फत् तनाव कम गर्नमा मद्दत पाइन्छ । हाम्रो सेना कुनै पनि हमलाको जवाफ दिनका लागि तयार छ ।’

असैन्य क्षेत्रः

उत्तर र दक्षिण कोरियाको ११५ किलोमिटर लामो सीमामा सन् १९५३ मा एक असैन्य क्षेत्र बनाइयो । यहाँ एक कोरिडोर छ । तनावको स्थितीमा दुई देशका सैनिक अधिकारी यहाँ कुराकानी गर्छन् । सन् २०१७ मा उत्तर कोरियाको एक सैनिकले जीपबाट हाम फालेर दक्षिण कोरियाली सीमामा जाने कोसिस गरेको थियो । भाग्ने क्रममा साथीले यी सैनिकमाथि गोली चलाए । पछि दक्षिण कोरियाली सैनिकले उनलाई बचाए । अस्पतालमा भर्ना गराए । उनी स्वस्थ छन् र अहिले पनि दक्षिण कोरियामा बसिरहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार