डाक्टरहरुले अत्यधिक हेरविचार गरेका कारण म निको भए : प्रधानमन्त्री बोरिस जोनसन

उज्यालो प्रतिनिधि २१ बैशाख २०७७, आईतवार प्रवास

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो उपचारसँग जोडिएका एक जानकारी सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री जोनसन २६ मार्चमा कोरोना संक्रमित पाइएका थिए । तत्पश्चात् उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना गरिएको भोलिपल्टै उनलाई आइसीयूमा भर्ना गर्नुपरेको थियो ।

अहिले उनी पूर्ण रुपमा निको भएर काममा फर्किसकेका छन् । सन पत्रिकालाई दिएको एक अन्तरवार्तामा बोरिस जोनसनले उनलाई जिउँदो राख्नका लागि डाक्टरले उनलाई थुप्रै लिटर अक्सिजन दिएको जानकारी दिए ।

अस्पतालमा आफूले जतिबेला पनि यो स्थितीबाट कहिले पार हुने हो भन्नेबारे मात्रै सोचेको गरेको उनले बताए । उनकी पार्टनर केरी साइमन्ड्सले बोरिसको उपचारमा खटिएका दुई डाक्टरको नाममा आफूहरुले छोराको नाम राखेको जानकारी दिइन् ।

यी दुईले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलस जोनसन राखेका छन् । प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएको केही दिनपछि नै उनीहरुलाई पुत्रलाभ भएको थियो ।

आफ्नो स्थिती बिग्रिएको अवस्थामा के गर्ने भनेर डाक्टरहरुले त्यसको पनि प्रबन्ध मिलाएको बोरिसले जानकारी दिए । जोनसनले भने, ‘केही दिनभित्रै मेरो स्थिती अत्यधिक खराब भएको थियो, मेरा लागि यो कुरा विश्वास गर्न मुश्किल थियो ।’

डाक्टरहरुले आफ्नो अत्यधिक हेरविचार गरेका कारण आफू निको भएको उनको ठम्याइँ छ ।

बीबीसीका राजनीतिक संवाददाता जोनाथन ब्लेकका अनुसार उनीहरुको यो कुराले थाहा हुन्छ कि प्रधानमन्त्रीको स्थिती कतिसम्मको नाजुक भएको थियो ।

दुई डाक्टरले एक बयान जारी गरेर प्रधानमन्त्री र उनकी पार्टनरलाई शुभकामना दिँदै उनीहरुलाई धन्यवाद पनि दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार