हुबेमा शुक्रबार थप व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको दाबी

उज्यालो प्रतिनिधि २० बैशाख २०७७, शनिबार प्रवास

एजेन्सी । चीनको मध्य प्रान्त हुबेमा शुक्रबार थप कोही व्यक्तिमा कोरोना भाइरस संक्रमण नदेखिएको प्रान्तीय स्वास्थ्य निकायले जनाएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत डिसेम्बरको अन्त्यबाट पहिलो पटक कोरोना भाइरसको सक्रमण देखिएको थियो ।

यसैलगत्तै विश्वका कयौं देशमा फैलिएको यस कोरोना भाइरसको संक्रमण हाल विश्वका २१० भन्दा बढी देश देखिएको छ । यस भाइरसबाट विश्वभरी शनिबार अपराह्नसम्म ३४ लाख २ हजार २४० संक्रमित भएका छन् । यस भाइरसको संक्रमणको कारण विश्वभरी २ लाख ३९हजार ६२७ जनाको मृत्यु भइसकेको छ ।

यस भाइरसबाट संयुक्त राज्य अमेरिका सव भन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाख ३१ हजार ४९२ संक्रमित भएका छन्, भने ६५ हजार ७७६ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ४२ हजार ९८८ संक्रमित भएका छन्,भने २४ हजार ८२४ जनाको मृत्यु भएको छ । यसैगरी विश्वका शक्तिशाली देशहरु इटाली , बेलायत , फ्रान्स, जर्मनी, टर्की रुस यस भाइरसबाट अत्यन्त प्रभावित भएको छ ।

शुरुमा यस भाइरसको प्रकोप देखिएको चीनमा ८२ हजार ८७५ कोरोना भाइरसको संक्रमण देखिएको छ । हालसम्म चीनमा यस प्रकोपबाट ४ हजार ६३३ को मृत्यु भएको छ । –सिन्हवा/Photo: AFP

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार