एजेन्सी । भारत र पाकिस्तानका सेनाबिच झडप हुँदा २ भारतीय सैनिकको मृत्यु भएको छ । अर्का एक सुरक्षाकर्मी घाइते भएका छन् ।
जम्मू–कश्मीरको रामपुर क्षेत्र नजिक नियन्त्रण रेखामा पाकिस्तानले सहमति उल्लंघन गरी आक्रमण गर्दा घाइते भएका दुई सुरक्षाकर्मीको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
बारामुला जिल्लाको रामपुर क्षेत्रमा शुक्रबार अपराहन्न पाकिस्तानी पक्षले आक्रमण सुरु गरेको भारीय सेनाको दाबी छ ।
यसैबिच समाचार संस्था एएनआईका अनुसार जम्मू–कश्मीरको पुल्वामा जिल्लामा शनिबार बिहान सुरक्षाकर्मी र आतंककारीबिच भिडन्त भएको छ ।






