“मलाई दोस्रो पटक राष्ट्रपति हुन नदिन चीनले रोक्नका लागि जे पनि गर्नेछ”

उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार प्रवास

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा चीनले उनी दोस्रोपटक राष्ट्रपति बन्न नचाहेको बताएका छन् । ट्रम्पले कोरोनाभाइरसको महामारीलाई चीनले जसरी सम्हालिरहेको छ यो त्यसैको प्रमाण भएको जिकिर गरेका छन् ।

ट्रम्पले भने, ‘नोभेम्बरमा हुने चुनावमा चीनले मलाई रोक्नका लागि जे पनि गर्नेछ ।’

ट्रम्पले कोरोनाभाइरसको विश्वव्यापी महामारीका लागि चीनमाथि लगातार आरोप लगाउँदै आएका छन् । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म ६१ हजार बढीको मृत्यु भइसकेको छ । यसका साथै अर्थव्यवस्था धरासयी बनेको छ भने बेरोजगारी ऐतिहासिक रुपमा बढेको छ ।

कोरोनाभाइरसको विध्वंशमाथि ट्रम्पमाथि प्रश्न उठिरहेको छ । उनले समय हुँदा नै सावधानी नअपनाएको आरोप लाग्ने गरेको छ । यता ट्रम्पले भने कोरोनाभाइरसको विषयमा चीन नै थप सक्रिय हुनुपर्दथ्यो भन्ने गरेका छन् ।

अन्तरवार्ताको क्रममा ट्रम्पलाई पत्रकारले चीनमाथि थप ट्यारिफ लगाउनुहुन्छ भन्ने प्रश्न सोधे । यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यस्ता थुप्रै कुरा छन् जुन म गर्नसक्छु ।’

उनले थपे, ‘के गर्न सकिन्छ, त्यो हामी हेरिरहेका छौं । चिनियाँ अधिकारी लगातार आफ्नो छवि सुधार्न कोसिस गरिरहेका छन् र उनीहरु यो मामलामा नितान्त निर्दोष छन् । उनीहरु यसका लागि पिआरको सहारा लिइरहेका छन् । चीनले मलाई रोक्न र राष्ट्रपतिको रेसमा पछाडि पार्नका लागि जे पनि गर्नेछ । चीन डेमोक्रेटिक पार्टीका जो बाइडन राष्ट्रपति बनून् भन्ने चाहन्छ ।’

पछिल्ला दिनमा कोरोनाभाइरसको महामारीको विषयमा अमेरिका र चीनबीच शीतयुद्ध चलिरहेको छ । ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्ने गरेका छन् भने चीनले यसमाथि आपत्ति जनाउँदै आएको छ ।

स्रोतः रोयटर्स

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार