काठमाडौँ । साउदी अरेबियामा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ । पछिल्लो वल्र्डमिटरले सार्वजनिक रहेको रिपोर्ट अनुसार साउदी अरेबियामा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार नाघेको छ ।
साउदी अरेबियामाहालसम्म १५७ जनाको मृत्यु भइसकेको छ ।
बुधबारमात्रै ५ जना संक्रमितको मृत्यु भएको छ भने १ हजार ३ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । साउदी अरब सरकारले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन विशेष आग्रह गर्दै आइरहेको छ ।
साउदी अरबमा नेपाली कामदारहरुको संख्या पनि उल्लेख्य रहेको छ ।
नेपाल सरकारले साउदीमा रहेका नेपालीहरुको स्वास्थ्यलाई विशेष चासो दिन साउदी सरकारलाई आग्रह गरिसकेको छ ।






