एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम

उज्यालो प्रतिनिधि २ असार २०८३, मंगलवार समाचार

देवदह (रुपन्देही) : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)का चारवटा सामुदायिक विद्यालयमा सञ्चालित किशोरी लक्षित आत्मरक्षा तालिमबाट १९० जना किशोरी प्रशिक्षित भएका छन् ।

सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा गत वैशाख १७ देखि जेठ ३० गतेसम्म तालिम सञ्चालन भएको थियो ।

भैरहवा नमूना माध्यमिक विद्यालयका ५०, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका ५०, पक्लिहवा माध्यमिक विद्यालयका ५० र सूर्यदेव माध्यमिक विद्यालयका ४० किशोरीले तालिम लिएको भैरहवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिए ।

तालिम समापनमा सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले आफ्नो सुरक्षा आफैँ गर्न आत्मरक्षा तालिम वर्तमान समयको आवश्यकता भएको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार