पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न

उज्यालो प्रतिनिधि १६ बैशाख २०८३, बुधबार समाचार

पर्वत, जिल्लाको दक्षिणी क्षेत्रलाई सदरमुकाम कुश्मासँग जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र सम्पन्न भएको छ ।

महाशिला गाउँपालिका–५ लुङ्खुुदेखि पैयूँ गाउँपालिकाको हुवासस्थित हातेमालो चोकसम्म करिब १५ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षपछि कालोपत्र भएको हो । कालोपत्रे भएसँगै वर्षौंदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा झेल्दै आएका स्थानीयवासीलाई सुविधा पुगेको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) परियोजनाअन्तर्गत स्तरोन्नति तथा कालोपत्रे गर्ने योजनाअनुसार निर्माण सुरु भएको थियो । सो सडकका लागि कूल ३६ करोड ९६ लाख ९३ हजार ६८५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालिले लिएको थियो ।

महाशिला, पैंयू विहादी गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम कुश्मासँग जोड्ने यो मुख्य सडक हो । अब सडक कालोपत्रे भएसँगै यात्रा समय छोटिएको छ भने सवारी सञ्चालन सहज बनेको स्थानीय महेन्द्र श्रेष्ठले बताए ।

सडक कालोपत्र भएसँगै कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ । दक्षिणी क्षेत्रका कृषकले उत्पादन गर्ने सुन्तला, तरकारी, फलफूल, आलु तथा दुग्धजन्य वस्तु अब कम खर्च र छोटो समयमा बजारसम्म पु-याउन सक्ने महाशिला गाउँपालिकाका कृषक सरस्वती अधिकारीले बताए ।

पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले हुवास–लुङ्खु सडक कालोपत्रे सम्पन्न भएसँगै दक्षिणी पर्वतको समग्र विकासले गति लिने विश्वास व्यक्त गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार