इलाका प्रहरी कार्यालय सुलिचौरद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

डिबि संघर्ष २१ चैत्र २०८१, शुक्रबार फोटो समाचार

रोल्पा, चैत २१ – सुनिलस्मृति गाउँपालिका–४ सुलिचौर बजारमा आज इलाका प्रहरी कार्यालय सुलिचौरको आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम इलाका प्रहरी कार्यालय सुलिचौरका इञ्चार्ज प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, पूर्व प्रहरी, व्यापारी, समाजसेवी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले नेपाल प्रहरीले सञ्चालन गरिरहेका कार्य र गतिविधिबारे खुलेर सुझाव तथा सल्लाह प्रस्तुत गरेका थिए। उनीहरूले सुरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे रचनात्मक छलफल गरेका थिए।

प्रहरी निरीक्षक तामाङले सुरक्षालाई थप सुदृढ बनाउन वैशाख महिनादेखि गाउँपालिका भित्रका बस्तीहरूमा ‘छड्के जाँच (सर्च अपरेसन)’ सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रम मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको सहभागीहरूले बताए। कार्यक्रममा देखाएको सक्रियता, स्पष्ट दृष्टिकोण र समन्वयात्मक भूमिकाका लागि इञ्चार्ज तामाङलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार