सुरेश तिमल्सिना, काठमाडौँ । काठमाडौँ पुरानो बानेश्वरमा दारी भाईको चिया पसलले आफ्नो चौथो शाखा आजबाट शुभारम्भ गरेको छ । उद्घाटनको दिन ग्राहकलाई लक्षित गर्दै १ रुपैयाँमा चिया बिक्रि गरिएको छ ।
दारी भाईको चिया पसल संखमुल, कालोपुल, बसुन्धरा लगायतका स्थानमा खुलिसकेका छन । वर्तमान समयमा चिया प्रती धेरैको रुचि रहेको र अझै चियालाई गुणस्तरीय बनाउन आफू निरन्तर लागिरहेको संन्चालक राजेश रेग्मी “दारी भाइ” ले बताए । उद्घाटनको दिन करिब चार हजार भन्दा धेरै कप बिक्री गर्ने लक्ष्य राखिएको छ ।






